
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ४३.१०% ले वृद्धि गरेर ५२ करोड ५० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्ष खुद नाफा ३६ करोड ६९ लाख १८ हजार रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड १९ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको तुलनामा ६७.८७% ले धरै हो । यस्तै, सञ्चालन नाफामा ४२.०९% वृद्धि गरेर ७४ करोड ४२ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५ अर्ब ६२ करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको छ । यता बैंकले निक्षेप संकलन १ खर्ब २५ करोड ३१ लाख ४० हजार रुपैयाँ गरेको छ । त्यसबाट ९० अर्ब ६७ करोड ५ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.४०% छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ४९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्