काठमाडौँ – नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको छ । अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आईतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो ।
१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सूरुवात गर्नु परेको स्पष्ट पार्नु भयो ।
नेपाल प्रहरीको टोल फ्रि नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइ दिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गर्नु भयो । उहाँले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गर्नु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्