काठमाडौं – सोल्टी होटलले २६.३१५% लाभांश दिने भएको छ । सोल्टी होटलले उक्त लाभांश प्रस्ताव पेस गर्नको लागि पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सोल्टी होटलले १०% बोनस सेयर र १६.३१५ नगद लाभांश गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।
साधारण सभा गर्न मंसिर २६ गतेदेखि पुस २६ गते सम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २५ गतेसम्म कायम रहने शेयरधनीले मात्रे लाभांश पाउने छन् ।
साधारण सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सोल्टी होटलको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । बोनस सेयर पश्चात चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्