- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकको आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६.७७% ले धरै हो ।
त्यस्तै गरि बैंकको खुद ब्याज आम्दानी १२.२०% ले बढेर ८४ करोड २३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७५ करोड ७ लाख ४३ हजार रुपैयाँ मात्र कमाएको थियो ।साथै सञ्चालन नाफा पनि २६.७७% ले बढेको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ७१ करोड ४५ लाख ७० हजार रुपैयाँबाट बढोत्तरी गरेर यस वर्ष ९० करोड ५९ लाख ५ हजार रुपैयाँ पुर्याएको छ ।
यता बैंकले निक्षेप संकलन ७१ अर्ब ४२ करोड १५ लाख ७९ हजार रुपैयाँ गरेर ४० अर्ब ८३ करोड ५२ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९१ लख १ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.२१% रहेको छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्