×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसकी नेतृ सुजाताले बोलाइन गोप्य बैठक, देउवालाई पेल्न बन्यो यस्तो ‘प्लान’

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित समुहका नेताहरुलाई लन्चसहितको गोप्य बैठक गराएकी छन् ।
बैठकमा पौडेल समुहमा रहेका नेताहरु पौडेलसहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा शेखर कोइराला, केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत सहभागी थिए ।
पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समुहका नेताहरुलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापतिभन्दा इतर समुहका नेताहरु एकत्रित भएर बैठक भएको छ ।
बैठकमा आगामी दिनमा पार्टीमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । देउवालाई पेलेर जान कांग्रेसभित्रका वरिष्ठ नेताहरुले याेजना बुन्न थालिसकेका छन् ।
भेटमा कांग्रेसको आन्तरिक राजनीति, नेविसंघको महाधिवेशनको अन्यौलका विषयका कुराकानी भइरहेको छ । साथै, सभापतिले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्दा प्रक्रिया नपुर्याएको विषयमा पनि नेताहरुले आपत्ति जनाएका छन् ।
छलफलमा गत निर्वाचनमा टिकट बाँड्दा सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले मनोमानी गरेको गुनासो नेता पौडेलले गरेको बैठक स्रोतले बतायो ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: