
काठमाडौं । पोर्नस्टारका रुपमा चर्चित भारतीय अभिनेत्री सन्नी लियोनीले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पासवर्ड’मा उनले अभिनय गर्नेछिन ।
२०१९मा रिलिज हुनेगरी तयारी गरिएको फिल्ममा सन्नीले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि गर्ने भएकी छिन । उनले निकै नै कम पारिश्रमिक लिएर यो काम गर्न लागेको भारतीय मिडियाहरुले जनाएका छन् । एक भारतीय मिडियाका अनुसार उनले करिव १० लाख आइसी अर्थात १६ लाख नेपालीमा यो अभिनय गर्न लागेकी हुन् । नेपालका लागि छोटो दृश्यका लागि यो महँगो पैसा भएपनि सन्नी लियोनीका लागि भने यो रकम निकै कम हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्