- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सनराइज बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६२.७३% ले वृद्धि गरेर ३३ करोड १४ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५९.९३% ले बढेर ८२ करोड १८ लाख ११ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ६३.८९% ले बढोत्तरी गरेर ४७ करोड ६९ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको निक्षेप संकलन ७५ अर्ब ७९ करोड २४ लाख ७५ हजार रुपैयाँ गरेर ६६ अर्ब ५९ करोड ३४ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।बैंकको जगेडा कोषमा ३ अर्ब ७३ करोड १ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा १.१२% रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्