×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउसी-भैलोका नाममा सूर्या लाइफ इन्स्योरेन्सको ‘चन्दा आतंक’, कम्पनीको रिसिप्ट प्रयोग गर्ने अधिकार कसले दियो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देउसी-भैलोका नाममा सूर्या लाइफ इन्स्योरेन्सको ‘चन्दा आतंक’, कम्पनीको रिसिप्ट प्रयोग गर्ने अधिकार कसले दियो ?

Artha Sarokar

२२ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बजारमा निकै राम्रो छवि बनाएका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका शिव नाथ पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको इन्स्योरेन्स कम्पनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले देउसी भैलोका नाममा चन्दा आंतक मच्चाएको रहस्य बाहिर आएको छ । अर्थ सरोकार डटकमसँग गुनासो गर्दै नवलपरासीका केहि पसल संचालकहरुले इन्स्योरेन्स कम्पनीबाट आएको भन्दै रकम नै तोकेर चन्दा मागिएको गुनासो गरेका छन् । उनीहरु विभिन्न ग्राहककहाँ मात्र होइन विभिन्न पसलमा गएर यस्तो काम गरिरहेको आरोप स्थानीयहरुले लगाएका छन् । 
एक पसल संचालकको गुनासो, ‘कम्पनीका नाममा मनपरी भयो’
‘कहिलेदेखि इन्स्योरेन्स कम्पनीले यस्तो अधिकार पायो ? देउसी भैलोमा इन्स्योरेन्स कम्पनीको रिसिप्ट प्रयोग गर्ने अधिकार कसले दियो ? यो रकमलाई कस्तो आयको रुपमा कहाँ हिसावकिताव हुन्छ ?’ एक पसल संचालकले गुनासो पोख्दै भने, ‘ जवरजस्त इन्स्योरेन्स कम्पनीबाट आएको भन्दै चन्दा माग गरिएको छ । कतिपय ठाउँमा यतिभन्दा कम हुँदैनसमेत भनिएको छ । प्रहरीकहाँ उजुरी गरौँ, हामीलाई असुरक्षाको चिन्ता छ, कम्पनीको हेड अफिसमा खबर गरौँ अहिले बिदा छ । के गर्ने ?’ एक स्थानीय पसल संचालकले अर्थ सरोकारसँग भने । 
सीइओ पाण्डे भन्छन्, ‘कम्पनीले भैलो खेल्दैन, कम्पनीको रिसिप्ट प्रयोग हुनु गलत भयो’
यस विषयमा बुझ्न हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलाई फोन गरेका थियौं । उनले कम्पनीका नाममा कसैले कुनै पनि बाहानामा सहयोग उठाउनु गलत भएको टिप्पणी गरे । ‘एक त कम्पनीले भैलो खेल्दैन । कम्पनीको रिसिप्ट नै प्रयोग गरेर कुनै पनि बहानामा सहयोग वा चन्दा उठाइएको छ भने त्यो गलत हो । त्यस्तो कसले गरेको रहेछ त्यो बुझेर कारवाहीको प्रक्रिया थाल्छु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘सूर्या लाइफ इन्स्योरेन्स भनेर रिसिप्ट बनाएर एक रुपैयाँ पनि पैसा उठाउनु गलत हो ।’ उनले इन्स्योरेन्स कम्पनीले चन्दा आतंक मच्चायो भन्ने कुरा आफुले सोच्न पनि नसक्ने कुरा भएको दावी गरे । ‘केटा भएको भए होला बदमासी गर्यो भन्ने सोच्न पनि सकिन्थ्यो । त्यहाँको इन्चार्ज पुष्पा अर्याल भन्ने महिला हुनुहुन्छ । उहाँले त्यस्तो गर्नुभयो भन्ने कसरी पत्याउनु ? तै पनि म अनुसन्धान गर्छु ।’ उनले भने । आफ्नो कम्पनीका नाममा कसैले बदनियत ढंगले काम गरेको हुनसक्ने बताउंदै उनले अगाडी भने, ‘अहिले अस्वस्थ प्रतिष्पर्धा बढेको छ । हाम्रो कम्पनीका नाममा कसैले गलत काम गरेको पनि हुन सक्छ ।’
बर्दाघाटकि इन्चार्ज भन्छिन्, ‘नजानेर गल्ती भयो, तर नियत गलत छैन’
यस विषयमा बुझ्न हामीले कम्पनीकि बर्दाघाटकि इन्चार्ज पुष्पा अर्याललाई सम्पर्क गरेका थियौं । उनले जवर्जस्ती सहयोग नउठाइएको दावी गर्दै अर्थ सरोकारसँग भनिन्, ‘इन्स्योरेन्सको चेतना पनि फैलियोस् भनेर हामीले २-३ घण्टा देउसी भैलो खेलेका हौँ । अन्यथा केहि होइन । हामीले कतै पनि जवरजस्ती गरेका छैनौं । सबैले इक्षा अनुसारको रकम दिनुभएको छ ।’ ‘अनि इन्स्योरेन्स कम्पनीको नाममा रिसिप्ट छाप्ने अधिकार कसले दियो ?’ हाम्रो प्रश्नमा उनले भनिन्, ‘ अँ ! त्यहाँ नेरचाहिं गल्ती भयो । यो नजानेर भएको गल्ती हो । हाम्रो नियत भने गलत छैन ।’ जवरजस्त चन्दा उठाएको बारे चर्चा चलेपछि यस विषयमा बुझ्दा उनले भनिन्, ‘हामीले जवरजस्त पैसा माग्यौं भन्ने को हो ? उहाँको पहिचान भए हामी माफी माग्न पनि तयार छौं । राम्रै हुन्छ भनेर देउसी भैलो खेल्दा नियत नभएपनि कम्पनीको रिसिप्ट बाँड्ने कुरामा गल्ती भयो । यसमा कसैले पनि अन्यथा नलिन म आग्रह गर्दछु ।’ 
पसलनै पिच्छे फरक राय, ‘हामीले स्वइक्षाले सहयोग गरेका हौँ, जवर्जस्ती होइन’
यस विषयमा अनुसन्धान गर्न हामीले कम्पनीले सहयोग रकम उठाएका अन्य केहि पसलहरुमासमेत फोन गरेका थियौं । यहिबीचमा सोहि स्थानका एक पसल सन्चालकले भने, ‘उहाँहरुले कम्पनीको रिसिप्ट दिनुभएकोचाहिं हो । कम्पनीको रिसिप्ट प्रयोग गर्न पाइन्छ वा पाईदैन भन्ने कुरा हामीलाई थाहा छैन । तर देउसी खेलेर जानुभयो, दक्षिणा पनि २०० रुपैयाँ मात्र दिएको हो । उहाँहरुले यति उति भनेर माग्नुभएको होइन ।’ यद्यपी यता केहि पसल संचालकहरुले भने इन्स्योरेन्स कम्पनीका नाममा जवरजस्त चन्दा उठाएर गलत काम गरेको आरोप लगाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी