काठमाडौँ – भाडाको ट्याक्सी पछि काठमाण्डौ उपत्यकामा सञ्चालित माईक्रोबस चालक र सहचालकले पनि शनिबारदेखि चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने भएको छ ।
शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले माईक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरि यस अभियानको सुरुवात गर्नुभएको हो । चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट छ । एक साता सम्म ज्याकेट लगाउनुपर्ने बारेमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरिने र त्यसपछि ज्याकेट नलगाउनेलाई कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेट लगाउनाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षालाई पनि चुस्त राख्ने विश्वास व्यक्त गर्नुभयो । यसले अनुसासित पनि बनाउने उहाँले बताउनुभयो ।
ठुला सवारीसाधनका चालक तथा सहचालकलाई समेत ड्रेसकोडको व्यवस्था गर्नुको साथै ट्याक्सी र माईक्रोबसका चालकको ड्रेसकोडलाई राजधानी बाहिर पनि लैजाने तयारी भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्