×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक प्रहरीको घुस खाने नयाँ ‘कोड-भाषा’: ‘ओई’ भने १०० रुपैयाँ, ‘ओई-ओई’ भने २०० रुपैयाँ ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ट्राफिक प्रहरीको घुस खाने नयाँ ‘कोड-भाषा’: ‘ओई’ भने १०० रुपैयाँ, ‘ओई-ओई’ भने २०० रुपैयाँ ! (भिडियोसहित)

Artha Sarokar

३ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँमा ट्राफिक प्रहरीले घुस माग्ने नयाँ तरिकाको खुलासा भएको छ । उपत्यकाका विभिन्न रुटमा ट्राफिक प्रहरीले घुस खाने नयाँ नयाँ टेक्निकको खुलासा भएको हो । यस्तैमा रत्नपार्क-सुन्धारा-नारायणथानको रूट चल्ने माइक्रोबाट विभिन्न कोडभाषा प्रयोग गरेर घुस खाने गरेको पाइएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त भिडियो अनुसार ट्राफिक प्रहरीले एक पटक ‘ओई’ भनेभने १०० रुपैयाँको रिचार्जकार्ड दिनुपर्ने र २ पटक अर्थात ‘ओई-ओई’ भने भने २००को रिचार्ज कार्ड दिनुपर्ने नयाँ काइदाको खुलासा भएको छ ।
काठमाडौँको ट्राफिक जामका बारेमा भिडियो खिच्दै गर्दा पत्रकार सोभित थपलियाको क्यामरामा यस्तो रहस्य कैद भएको हो । २०० रुपैयाँको रिचार्ज कार्ड माग्दा १०० को मात्र पुगेपछि ट्राफिकले ‘ओई’ भनेर १००को रिचार्ज कार्ड मागेको खुलासा उक्त भिडियोमा छ । साथै भिडियोमा गाडीका चालक र सहचालकले घुस खाने ट्राफिक प्रहरीको नयाँ काइदाबारे पनि बोलेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी