आइपिओ नोटिस
कम्पनी : अपर तामाकोशी हाइड्रोपावर लिमिटेड
खुला भएको मिति : कात्तिक १५ गते, बिहिबार
भर्ने अन्तिम मिति : आज (कात्तिक १९ गते, सोमबार)
कित्ता : १ करोड ५८ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता
विवरण :
अपर तामाकोशी हाइड्रोपावरको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम मौका छ । यो आइपिओ कात्तिक १५ गतेदेखि खुल्ला भएको हो । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषबाट प्राप्त भएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख २ हजार ६१५ जना आवेदकले ३ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर आवेदन दिसकेको छ ।
आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष र सनराइज क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्ने