×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भैंसीमा भ्याट प्रकरण : कुरै नबुझी सामाजिक सञ्जालमा सरकारलाई गाली, यस्तो छ वास्तविकता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अहिले सामाजिक सञ्जालमा एउटा बिल निकै चर्चामा छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयले जारी गरेको बिलमा भैंसीको कारोबार हुँदा कर उठाइएको छ । जसमा १०० र १३ प्रतिशत अतिरिक्त भ्याट लगाएर ११३ रुपैयाँ लिइएको छ । २०७५ साल ७ महिना ७ गते काटिएको उक्त बिल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारले अनेकौं कुरामा करबढाईरहेका बेला भैंसीको किनबेचमा पनि कर लगाइयो भन्दै सरकारलाई गाली गर्ने काम पनि भएको छ । तर यसमा करविज्ञको राय भने बेग्लै छ । 
करविज्ञ भन्छन्, ‘नियम अनुसार नै हो, नबुझ्नेहरुले गाली गरेका छन्’
यस विषयमा बुझ्न हामीले ट्याक्सपर्टका अभियानता समेत रहेका र पछिल्लो समय स्थानीय करका विषयमा जानकारका रुपमा चिनिएका चार्टड एकाउन्टेन्ट शेषमणि दाहाललाई सोधेका थियौं । अर्थ सरोकारसँग कुराकानी गर्दै सामाजिक सञ्जालमा कुरै नबुझी सरकारलाई गाली गर्ने काम भएको बताउँदै उनले उक्त भ्याट संकलन नियम अनुसारनै भएको बताए । ‘सामाजिक सञ्जालमा उठेको त्यो कुरा मैले पनि हेरेको थिएँ । तर सबैले बुझ्नुपर्ने कुराचाहिं के हो भने त्यो भैंसी किन्दा वा बेच्दा उठाइएको कर होइन । त्यो भैंसी निकासी गर्दा उठाइएको कर हो । निकासीमा भ्याट लाग्ने प्रावधान ऐनमा नै स्पष्ट छ ।’ उनका अनुसार एक ठाउँबाट अर्को ठाउँमा वस्तु निकासी गर्दा भ्याट लगाइएको हो । ‘अझ छोटोमा सजिलोसँग आम रुपमा बुझ्दा हामीले बाहिरबाट सामान ल्याउँदा भन्सार तिरेजस्तै स्थानीय तहहरुले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा बस्तु निकासी गर्दा त्यसमा कर लगाउंछन् । र यो नियम संगत नै हो । 
सामाजिक सञ्जालमा तिब्र बिरोध 
यसो त यो विषयमा सामाजिक सञ्जालमा राम्रै चर्चा छ । कतिपय प्रतिपक्षी दलका नेताहरुले नै यसको विरोध गरेको समेत पाइएको छ । पछिल्लो समय करको चर्चा बढी हुनु र यस्ता विषय बाहिर आउनुले करको विषय झनै जटिल बन्दै गएको विश्लेषण जानकारहरुले गरेका छन् । यता तुलसीपुर उपमहानगर पालिकाले पनि ऐनमै भएको व्यवस्था अनुसार कर उठाइएको दावी गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: