- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमसको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफामा झिनो सुधार भएको छ । यो त्रैमासमा संस्थाको खुद नाफा २.३३% ले वृद्धि गरेर ७७ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यही अवधिमा संस्थाले ७५ लाख ३७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
त्यस्तै गरि संस्थाले खुद ब्याज आम्दानी र सञ्चालक नाफामा पनि सुधार गरेको छ । संस्थाको खुद ब्याज आम्दानी ८५.७५% ले वृद्धि गरी ३ करोड २७ लाख १० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १ करोड १९ लाख ८३ हजार रुपैयाँ कमाउन सफल भएको छ ।
संस्थाले ३६ करोड २९ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ७८ करोड ८१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा १.९६% रहेको छ भने प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्