×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली आइटी क्षेत्रको ‘पप्पु’ अर्थात ‘वाईको’ ! अब त सञ्चालकलाई जेल हाल्न ढिलो भएन र ? (सम्पादकीय)

  • सम्पादकीय 
काठमाडौँ- पप्पु नामको एक ठेकेदार कम्पनीले समयमा काम नसकेको, आफुले लिएको ठेक्का अलपत्र पारेको र आफ्नो कमजोरीका कारण जनताहरु मारमा परेको भन्दै मुद्धा परेपछि अहिले पप्पुका केहि हिरासतमा छन् भने छानविन प्रक्रिया अगाडी बढीरहेको छ । अदालतमा मुद्धा दायर भएको छ । तर नेपाली आइटी क्षेत्रको ‘पप्पु’कै रुपमा रहेको ‘वाई’को नामक कम्पनीले भने लाखौँ जनताको अरवौं पैसामाथि खेलवाड गर्दा पनि कसैले केहि गर्न सकेको छैन । वाईकोकै कारण लाखौँ लगानीकर्ताको अरवौं रुपैयाँको सम्पत्तिमाथि खेलबाड भएको छ । यतिमात्र होइन न उसले आफुले पाएको काम समयमा सकेको छ, न भने अनुसारको काम गरेको छ । बरु शक्तिकेन्द्रको आडमा उसले कामको मूल्य थपेको छ । झन्डै १४ करोडको काम भनी लिएको कामलाई ३० करोड रुपैयाँ लिएको छ तर काम फाइनल भएर हेर्दा ३० हजारको प्रतिफल पनि देखिएन ।
नेप्सेको अनलाइन र वाईकोको लापरवाहीको पराकाष्टा 
नेप्सेले अनलाइन प्रणालीको काम धेरै समय अघि यो कम्पनीले पाएको थियो । तर समय सार्दा सार्दै बल्ल बल्ल अनलाइन त आयो, तर लगानीकर्तालाइ के आयो आयो भनेजस्तो भयो । अनलाइन प्रणाली सुरु भएकै दिन कारोबार कति भयो, नेप्से बढ्यो कि घट्यो थाहा भएन । त्यतिमात्र होइन लगानीकर्ताले कारोबारको विवरणसमेत हेर्न पाएनन् । यसो त यसअघि पनि कम्पनीले थुप्रै पटक लगानीकर्ताहरुलाई झुक्याएको थियो । कहिले ‘डेमो’ भनेर बोलाउने अनि गफ चुटेर पठाउने, कहिले अर्को महिना भन्ने अनि अर्को बर्षमा पनि काम पूरा नगर्ने गरिरहेको थियो यो कम्पनीले । हुँदा हुँदा यो कम्पनीले १४ करोडमा पाएको ठेक्कालाइ काम सक्दा ३० करोड झ्वाम पारेको तथ्य बाहिर आएको छ । केहि दिन अघि अनलाइन प्रणालीको उद्घाटन त भयो तर त्यसपछि कारोबार हेर्न पिएको छैन । जसका कारण लगानीकर्ताको अरवौंको सम्पत्ति बन्धक बनेको छ ।
अव त सञ्चालकलाई जेल हाल्न ढिलो भएन र ?
धेरैले बुझेका छन् यो सफ्टवेर निर्माण प्रकरणमा राम्रै घोटाला भएको छ । नत्र १४ करोडमा बन्छ भनेर लिएको काम ३० करोडमा सक्ने अनि ३० करोडमा सकेको कामको प्रतिफल ३० मिनेट पनि हेर्न नपाइने ? कति दिन चुस्ने लगानीकर्ताको पसिना ? कति दिन सहने लगानीकर्ताले ? सार्वजनिक गरेपछि यस्तो मिलाउदैछौं र उस्तो गर्दैछौं भनेर भन्न लाज लाग्दैन ? छोरो जन्मेपछी ए नाक त लामो भएछ अव ठोकेर सिधा पार्छु भन्ने पनि कुनै तरिका हो ? भो ! अव त हद भयो ! लगानीकर्ताको सम्पत्तिमाथि यस्तो खेलबाड गर्ने अधिकार कसैलाई छैन । वाईकोका संचालकलाई जेल हाल्नुपर्ने दिन आइसक्यो । नत्र यसरी नै कमिसनमा पौडिएर यिनीहरुले मनपरी गरिरहनेछन् ।
अर्कोतर्फ नेप्सेको वेवसाइट त एउटा उदाहरणमात्र हो । यो कम्पनीले नेपाल सरकारको यस्तो धेरै काम गरेको छ । जसमध्ये थोरै मात्र काममा जनताको प्रतिक्रिया ठिक छ । समयको अधिकांस काममा ख्याल छैन । अव पनि सहेर बस्नु हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियामक निकायले यो कम्पनीलाई कानुनी कठघरामा ल्याउन ढिलो गर्नु हुँदैन ।          
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: