×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह, अर्थमन्त्रीले के भने त ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह, अर्थमन्त्रीले के भने त ? (भिडियो)

Artha Sarokar

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको हो । बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पनि गर्नु भयो ।
अर्थमन्त्री खतिवडाले मुलुकको हस्तकलालगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिनु भयो । उहाँले हस्तकलासम्बन्धि बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात् हुने हस्तकलाको एकीन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी