×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको ९.३०% लाभांश दिने घोषणा, ४% बोनस सेयर र ५.३०% नगद लाभांश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको ९.३०% लाभांश दिने घोषणा, ४% बोनस सेयर र ५.३०% नगद लाभांश

Artha Sarokar

४ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले ९.३०% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४% बोनस सेयर र ५.३०% नगद लाभांश दिने निर्णय गरेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ र नगद लाभांशमा १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ खर्च गर्नेछ ।
सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी