×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : सिद्धार्थ कटेजले सच्यायो ‘गैरकानुनी’ मेनु, अव सर्भिस चार्ज र भ्याट छुट्टै तिर्नु नपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ सरोकार समाचार प्रभाव : सिद्धार्थ कटेजले सच्यायो ‘गैरकानुनी’ मेनु, अव सर्भिस चार्ज र भ्याट छुट्टै तिर्नु नपर्ने !

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिद्धार्थ कटेजको मेनु प्रचलित कानुन अनुसार गैरकानुनी भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि कटेजले उक्त गल्ती सच्याएको छ । अर्थ सरोकारको समाचार हेरेर आन्तरिक राजश्व विभागबाट पनि कटेजलाई यसबारे सोधनी भएपछी रेष्टुरेन्टले आफ्नो मेनु सच्याएको हो ।  भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि कम्पनीले भ्याट बाहेकको मूल्य राखेर भ्याट सम्बन्धि कानुन मिचेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो ।

यसअघि अर्थ सरोकार डटकमले इन्द्रेणी फुडल्याण्डको मेनु गैरकानुनी रहेको खबर सार्वजनिक गरेपछि अहिले इन्द्रेणी फुडल्याण्डमा रहेको ‘काल्दी क्याफे’को मेनु पनि परिवर्तन भएको छ । अर्थ सरोकार डटकमले ‘अप्रेशन खानाबार’ स्तम्भ अन्तर्गत उपत्यकाका विभिन्न रेष्टुरेन्टहरुको ‘मिडिया अनुगमन’ गरिरहेको छ । यहि सिलसिलामा सिद्धार्थ कटेजमा भेटिएको त्रुटीबारे अर्थ सरोकारले खबर सार्वजनिक गरिएको थियो ।   

यो पनि पढ्नुहोस् :

यस्तो छ नियम !
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै यी रेष्टुरेन्टहरुले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । यसो त यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका सुचना अधिकारी यज्ञ राज ढुंगेलले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’

अर्थ सरोकारको समाचारपछी सुध्रीदै रेष्टुरेन्टहरु, तर नियम मिच्नेलाई भएन कार्वाही !
यसो त भ्याट नियमावली अनुसार भ्याट बाहेकको मूल्य तोकेर मेनु राख्न नपाइने नियम रहेको र काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले ‘गैरकानुनी’ रुपमा मेनु बनाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न रेष्टुरेन्टहरुले मेनु सच्याएका समेत छन् । तर कानुनको खिल्ली उडाएर मनपरी गर्ने त्यस्ता रेस्टुरेन्टहरुलाई सम्बन्धित निकायले कार्वाही भने गर्न सकेको छैन । तर अव सिद्धार्थ कटेजको मेनु भने अव सुध्रीएको छ । हामीले आइतबार पुन: अनुगमनका क्रममा सिद्धार्थ कटेजको मेनु सच्याइएको पाएका हौँ । ‘अहिले त मेनु सच्चिएछ नि !’ भन्ने हाम्रो प्रश्नमा कटेजका एक कर्मचारीले भने, ‘तपाईंले दिनुसम्म दनक दिनुभयो अर्थ सरोकारमा, नसच्याई सुखै भएनन नि !’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी