
आँधिखोला लघुवित्त वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
कम्पनीको नालीबेली यस्तो छ :
आँधिखोला लघुवित्तको अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी .६ करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३ फागुन १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाले १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिव ४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन १४ करोड ४५ लाख गरी करिव ८० लाख मुनाफा गर्न सफल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्