- आर्थिक दैनिक
बिराटनगर – औद्योगिक नगरिका रुपमा परिचित विराटनगर बजारमा रहेको समान्य व्यापारिक घरानाका व्यक्तिबाट सरकारलाई बुझाउने राजस्वमा करोडौं राजस्व ठगी गरिरहेको रहस्य सार्वजनिक भएको छ । नेपालको उच्च घराना बताउने र आफूलाई इमानदार उद्योगीका रुपमा परिचित चौधरी ग्रुपको उत्पादन बिक्रीवितरण गर्ने आधिकारिक डिलरका रुपमा रहेको श्याम मुरारी ट्रेडर्सले आफ्नो कारोबारमा लामो समयदेखि करोडौंको भ्याट ठगी गरेको रहस्य खुलेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर श्याम मुरारी ट्रेडर्सका नाममा ३०००३९७२२ भ्याट नम्बरसमेत प्राप्त गरेको उक्त फर्मले चौधरी ग्रुप लगायतका उत्पादन बिक्री गर्दा पूर्णरुपमा स्टिमेट बिलको प्रयोगबाट सामान बिक्री गर्ने गरेको रहस्य खुल्न पुगेको छ । चौधरी ग्रुपका सञ्चालक विनोद चौधरीबाट पूर्वाञ्चलको डिलरसिप पाएको श्याम मुरारी ट्रेडर्सले डिलरसिप पाएदेखि नै राज्यलाई बुझाउने भ्याट ठगी गर्ने गरेको कुरा खुलेको छ । विराटनगरमा रहेको उक्त ट्रेडर्सका सञ्चालक राजकुमार अग्रवाल रहेका छन् ।
सामान्य दैनिक जीवनयापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरु समेतले प्रयोग गर्ने चाउचाउदेखि खाद्यान्यसमेतको कारोबारमा रहेको श्याम मुरारी ट्रेडर्सका सञ्चालक अग्रवालको पछिल्लो समयमा कारोबार दिन दुना, रात चौगुना भएर बढ्न पुगेको छ । अहिले सोही कारोबारबाट करोडौं कमाउन सफल अग्रवालले खाद्यान्नको बिक्रीबाट एक दिनमा मात्र तीन लाखभन्दा बढी भ्याट ठगी गर्ने गरेको रहस्य खुलेको छ । नेपाल र भारतको बोर्डर अत्यन्त नजिक भएका कारण अग्रवालले खाद्यान्नका सामानहरु भन्सार नै नतिरिकन अपांग भएका व्यक्तिहरुको सहयोगबाट रिक्साको प्रयोग गरी विराटनगर ल्याएर बिक्रीवितरण गरी राजस्व ठगी भएको दाबी पनि स्रोतले गरेको छ । त्यसबाहेक सरकारले लिँदै आएको आयकरमा समेत लाखौं रकमको ठगी भएको खुलासा स्रोतले गरेको छ । राजस्व ठगी भएको आशंकामा आजभन्दा ती वर्ष अर्थात् २०७२ सालमा आन्तरिक राजस्व कार्यालय विराटनगरले श्याम मुरारी ट्रेडर्समा छापा पनि हानेको थियो । त्यस बेला उक्त फर्मलाई पक्राउ गरी जरिवाना पनि गरेको थियो । तर, तीन वर्षयता एक छत्र व्यापार गर्दै आएको उक्त ट्रेडर्सले करोडौंको राजस्व ठगी गर्दासमेत सम्बन्धित निकायहरु मौन बसेपछि उद्योगी विनोद चौधरीको ‘सेटिङ’बाट माथि देखिकै सेटिङमा कारोबार गर्ने गरेको दाबी स्रोतले गरेको हो ।
(यो समाचार आर्थिक दैनिकबाट साभार गरिएको हो । )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्