काठमाडौं – कृषि विकास बैंकमा नयाँ प्रमुुख कार्यकारी अधिकृत हुुनको लागि १७ जनाले आवेदन दिएका छन् । बैंकले प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल यही मंसिर २७ गते बिहीबार समाप्त हुुने भएपश्चात् नयाँ प्र्रमुुख कार्यकारी छनौटको लागि सार्वजनिक सूचना जारी गरेको थियो । सोहीबमोजिम यही मंसिर ९ गतेदेखि प्रमुुख कार्यकारीको लागि आवेदन खुल्ला गरेकोमा मंसिर २३ गतेसम्म १७ जनाले आवेदन दिएको बैंक स्रोतले बताएको छ । यसरी आवेदन दिने १७ जनामध्ये १० जना कृषि विकास बैंकमा नै कार्यरत बहालवाला तथा पूर्वविभागीय प्रमुुखहरु रहेका छन् । स्रोतका अनुसार बैंकका भूतपूर्व विभागीय प्रमुुख ताराखर अधिकारी, बैंकका बहालवाल डीजीएम प्रताप सुवेदी, बैंकका बहालवाला डीजीएम अरुणकुमार ढुुंगाना, बैंकका विभागीय प्रमुख शिव अधिकारी, बैंकका बहालवाला डीजीएम पूर्ण प्रसाद आचार्य, डीजीएम शेषरमण आचार्य, बैंकका भूतपूर्व डीजीए नरेश रोक्का, पूर्वडीजीएम अनिल उपाध्याय र बैंकका बहालवाला तालिम प्रमुुख प्रमोदबाबु तिवारी नयाँ प्रमुुख कार्यकारीको लागि आवेदन दिएकाछन् । यीबाहेक डा. शिवहरी श्रेष्ठ, डा. झमक शर्मा, रामदेव यादव, शंकर रायमाझी, कपिल ज्ञवाली, गोविन्द घिमिरे, युवराज गुरागाई र बिमल डाँगाले पनि नयाँ प्रमुख कार्यकारीको लागि आवेदन दिएकाछन् ।
सोमध्ये हाल सिभिल बैंकमा कार्यरत गुरागाईं कृषि विकास बैंककै पूर्वशाखा प्रमुख हुुन् भने बाँकी कृषि विकास बैंकभन्दा बाहिरका व्यक्ति रहेको स्रोतले जनाएको छ । यी व्यक्तिहरुमध्ये बैंक सञ्चालक समितिले तीनदेखि पाँच जनाको नाम छनौट गरी अर्थ मन्त्रालयमा पठाउने र मन्त्रालयले नै नाम छनौट गरी प्रमुख कार्यकारी नियुुक्त गर्ने बैंक स्रोतले बताएको छ । यता बैंकका प्रमुख कार्यकारी सिटौला भने कार्यकाल सकिनुुभन्दा १५ दिनअघि नै विदामा बसेकाछन् । सिटौला वि.सं.२०७१ मंसिर २८ गते खुला प्रतिस्पर्धाबाट कृषि विकास बैंकमा प्रमुुख कार्यकारी बनेका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले कांग्रेसनिकट सिटौलालाई प्रमुुख कार्यकारी नियुक्त गरेका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट अवकाश पाएका सिटौला अवकाशपश्चात् कृषि विकास बैंकमा प्रमुुख कार्यकारी बनेका थिए ।
(यो समाचार आर्थिक दैनिकबाट साभार गरिएको हो । )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्