
- अर्थ सरोकार संबाददाता
काठमाडौँ – नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष पदबाट अम्बिका पौडेल बिदा हुने भएका छन् । अर्थमन्त्रीसमक्ष आफ्ना मागहरु समेटेर प्रतिवेदन बुझाएपछि अन्तत: उनी फोरम छोड्ने निर्णयमा पुगेका हुन् । ‘पूँजीबजार बलियो बनाउन मैले सकेको गरें । अव केहि दिनपछि म इन्भेष्टर्स फोरममा पनि रहन्न ।’ बिहिबार अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
”अवको अध्यक्ष छोटेलाल रौनियार नै त हुने होला नि होइन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘उहाँ नै त होला नि अव त ! अरु को होला र ?’ केहि समय अगाडी ब्रोकरलाई ‘चोर’ भनेको भन्दै रौनियारविरुद्ध स्टक ब्रोकरहरु रुष्ट भएका थिए । त्यसअघि आफ्नो व्यक्तिगत मामलामा संघको नेता हुँ भन्दै उनले एक बैंकलाई थर्काएको विषय पनि बाहिर आएको थियो । उनले फोरममा आफ्नो दबदबा बढाउनकै लागि आफु सल्लाहकार रहेको सेयर लगानीकर्ता संघ नेपाल छोडेर फोरमको पछी लाग्दै उपाध्यक्ष पद पड्काएका थिए ।
रौनियारको आगमनसँगै फोरमको ‘हाइट’ आधा घट्ने टिप्पणी जानकारहरुले अहिलेदेखि नै गर्न थालिसकेका छन् । उनी अध्यक्ष भएपछी ब्रोकरदेखि बैंकरसम्मले फोरमलाई नकारात्मक रुपमा हेर्ने भएपछि उनको आगमनले फोरमलाई बजारमा नकारात्मक बनाउने टिप्पणी धेरैको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्