
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेहरुलाई समय सान्दर्भिक जीवन निर्वाह भत्ताको ग्यारेण्टी गर्नुपर्ने लगायतका पाँच बुँदे मागसहित काठमाडौँको माइतीघर मण्डलामा अनसन बसेका पूर्व जनमुक्तिका घाइते तथा अपाङ्गहरुलाई सरकारले सोमबार मध्यरातमा अस्पताल पुर्याएपछि उनीहरुको अवस्था बुझ्न क्रान्तिकारी पत्रकार संगठन नेपाल मंगलबार बीर अस्पताल पुगेको छ ।
संगठनका महासचिव बाबुराम भुसालको नेतृत्वमा संगठनका सचिव जीवन हमाल, केन्द्रीय सदस्यहरु धनञ्जय बुढा, कमल बुढा, करण सिंह बडाल लगायतको टोलीले उनीहरुलाई भेटी उनीहरुको स्वास्थ स्थितिबारे जानकारी लिएको हो ।
यता अनसनमा बसेका उनीहरुको स्वास्थ्य स्थिति कमजोर हुँदै गएको बताइएको छ । उनीहरुले जनयुद्ध तथा जनआन्दोलनको क्रममा घाइते तथा आपांगता भएका व्यक्तिहरुलाई औषधि उपचारको लागि तत्काल आर्थिक सहायता प्रदान गर्नुपर्ने, र घाइते तथा अपांगता भएका व्यक्तिहरुका बालबच्चालाई निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राज्यसँग राखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्