- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ – सेयर लगानीकर्ता दबाब समूहले आयोजना गरेको रिले अनसनमा सहभागीहरुको संख्या बढेको छ। पहिलो दिनको तुलनामा दोश्रो दिन अनसनमाँ सहभागीहरुको संख्या बढेको हो । अनसनलाई एक राजनीतिक पार्टी र पूँजीबाजार लगानीकर्ता संघले समर्थन गरेको छ । विहानैदेखि के महिला, के युवा, के वृद्धा, सबै अनसनमा स्वस्फुर्त रुपमा सहभागी भएका छन् । हेरौं अनसनका केहि झलक :