
- अर्थ सरोकार संबाददाता
काठमाडौँ- लगानीकर्ताहरुको दवाब समूहले जारी आमरण अनसन तोडेको छ। आमरण अनसन सुरु गरेको चौथो दिन अनसन तोडेको हो । आमरण अनसनमा दवाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला सहभागी थिए । उनीहरुले आमरण अनसन थालेको चौथो दिन बिहीबार एकअर्कालाई पानी खुवाएर तोडेका हुन् ।
‘हाम्रो उद्देश्य सेयर बजारको विकास र बिस्तार होस् भन्ने थियो । योभित्रका समस्याको समाधान होस् भन्ने थियो ।’ शान्तिपूर्ण आन्दोलनको बाटो रोज्दा हामीलाई अराजक भनियो, तर प्रतिवेदनमा समेटिएका बिषय कार्यान्वयन नभए म फेरि माफियाहरुको काल बनेर आउँछु, म बारुद बनेर आउँछु ।’ अनसन तोडेपछि हरि ढकालले भने
यता तिलक कोइरालाले आफूहरु पनि नेकपाकै कार्यकर्ता भए पनि सरकारको गलत रबैयाका कारण दुःख पाएको बताए । ‘सबै लगानीकर्ता संगठित भएर लडाई लडौं अब । हामी यत्रो दिन अनसन बस्दा समेत सरकारी अधिकारी आएर सोधपुछसम्म गरेनन्, तर हाम्रो कुनै गुनासो छैन । किनभने यो राज्य निर्दयी हो । यो राम्रा मान्छेलाई सूली चढाउने देश हो ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्