×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् शरीरका अंगको बीमा गराउने चर्चित सेलिव्रेटी, कसले कुन-कुन अंगको बीमा गराए ? तपाईंलाई पनि रहर छ कि ?

  • अन्तरास्ट्रिय एजेन्सीको सहयोगमा अर्थ सरोकारकर्मी रेखा चन्द 
काठमाडौँ – आफ्ना हरेक अंगहरु, आफ्नो आवाज, राम्रो भए हुन्थ्यो, वा राम्रो भइराखे हुन्थ्यो भन्ने रहर सबैलाई नै हुन्छ । तर समयको परिवर्तन र हुन सक्ने दुर्घटनाले आफ्नो त्यो इक्षामाथि तुसारापात पनि हुन सक्छ । त्यसैले त्यसको क्षतिलाई कम गर्न बीमा गर्ने रहर पनि धेरैको हुन्छ । यस्तै विश्वमा विभिन्न प्रकारका बीमा पोलिसी आएसँगै शरीररका अगंको बीमा पोलिसी पनि सञ्चालनमा आएको छ । जसको फाइदा अन्तराष्ट्रिय सेलिब्रेटीले गरेका छन् । कसकसले कुन कुन अंगको बीमा गरेका छन् त ?
अमिताभ बच्चन र लता मगेशकरको आवाजको बीमा :
भारतीय प्रसिद्ध गायिका लता मंगेशकरले आफ्नो आवाजको बीमा गराएकी छिन् । हालसम्म सयौँ भाषामा गित गाईसकेकी उनको सम्पत्ति भनेकै आफ्नो आवाज हो । तर, उनको बीमा कति रकमको हो भन्ने कुरा भने बाहिर आएको छैन । भारतीय सिनेमा प्रसिद्ध नायक अमिताभ बच्चनले पनि आवाजको बीमा गराएका छन् । 
क्रिकेट खेलाडी मार्ग हूगेजले गरे जुँगाको बीमा 
अष्ट्रेलियन क्रिकेट खेलाडी मार्ग हूगेजले ३ लाख ७० हजार अमेरीकी डलर रकम तिरेर जुँगाको बीमा गराएका छन् । उनि प्रख्यात बलर हुन् । उनी लामो समय आफ्नो जुँगाको हेर्देखमा खर्च गर्ने गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ६७ बर्षको उमेरमा जुँगाको बीमा गराएका उनले आफ्नो जुँगाको वीमा बारे सार्वजनिक रुपमै खुलस्त पारेर बोल्ने गरेका छन् । 
 
लेखिका होली म्याडिसनको बक्षस्थल बीमा 
मोडल, लेखिका तथा टेलिभिजनकर्मी होली म्याडिसनले आफ्नो बक्षस्थलको बीमा गराएकी छिन् । उनले सन् २०११ मा १ लाख अमेरीकी डलर तिरेर बक्षस्थलको बीमा गराएकी छिन् । उनको सुन्दर बक्षस्थलको चर्चा जताततै हुने गरेको छ । उनको सुन्दर बक्षस्थलकै कारण चर्चित ब्रा कम्पनीहरुले उनलाई करोडौं डलर तिरेर बिज्ञापनमा समेत खेलाएका छन् । उनको बक्षस्थलमा केहि भयो भने उनलाई ठुलो नोक्सानी हुनेछ । यहि क्षति कम होस् भनेर उनले आफ्नो बक्षस्थलको बीमा गराएको तथ्य विभिन्न अन्तर्वार्ताका माध्यममा उनले खुलासा गरेकी छिन् ।
 
जेनिफर लोपेजको हिपको बीमा 
चर्चित अभिनेत्री, गायिका तथा नृत्यागंना जेनिफर लोपेजले ‘हिप’को बीमा गराएकी छिन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उनले २७ लाख अमेरीकी डलर तिरेर आफ्नो हिपको बीमा गराएकी हुन् । यसो त उनले विभिन्न अन्तर्वार्तामा आफुलाई आफ्नो हिप सबैभन्दा मन पर्ने अंग रहेको बताएकी छिन् । उनी निकै धनी कलाकारका रुपमा चिनिन्छिन् । उनले पनि आफ्नो सुन्दर हिपका कारण धेरै बिज्ञापनमा अनुबन्दित हुने मौका पाएको बताउने गरेकी छिन् ।
मारियाको खुट्टाको बीमा 
अमेरीकन पप गायिका तथा गितकार मारियाले खुट्टाको बीमा गराएकी छिन् । तर उनले यसमा खर्च भने गर्नु परेन । सन् २००६ मा महिलाको खुट्टाको रौ काट्ने जिलेट ब्राण्डको विज्ञापनका दौरान जिलेट कम्पनीले उनका खुट्टको १ अरब डलरको बीमा गराएको थियो । उक्त बीमा पछी उनले अरुलाई पनि आफ्नो बीमा गराउने क्याम्पियन नै सञ्चालन गरेकी थिइन् ।


तपाईंलाई पनि रहर छ कि ?
आफ्नो केहि प्रिय अंगको वा आवाजको बीमा गराउने रहर तपाईंलाई पनि हुँदो हो । तर यो निकै महँगो खालको बीमा हो र नेपालमा खासै व्यावहारिक छैन । तपाईंलाई आफ्नो कुन अंगको बीमा गराउन मन लागेको होला ? कमेन्ट गर्नुहोस् है !  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: