Skip to content
LAXMI SUNRISE BANK

एसियन लाइफको ६०% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर आउने भएको छ । कम्पनीले हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । इन्सुरेन्सले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK