×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघको निर्णयपछि ब्याज बढाउने प्रतिष्पर्धा चल्यो, जनता बैंकले १२ %को स्किम ल्याउँदा माछापुछ्रेले १२.५ दिने

PRIME CA

बैंकर्स संघको निर्णयपछि ब्याज बढाउने प्रतिष्पर्धा चल्यो, जनता बैंकले १२ %को स्किम ल्याउँदा माछापुछ्रेले १२.५ दिने

१९ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच जनता बैंकले मुद्दती निक्षेपमा  अहिले सम्मकै सर्बाधिक ब्याज १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएको छ । 
बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर पाउने जनाएको छ । योजनामा ग्राहकले १ लाखमा ७५ दिन वा सोभन्दा बढीको लागि मुद्दती निक्षेप खोल्न सक्ने छन् । यता माछापुछ्रे बैंकले भने आज विभिन्न पत्र पत्रिकामा सूचना निकाल्दै मुद्दती खातामा १२.५ प्रतिशत दिने घोषणा गरेको हो ।
यो प्रतिष्पर्धापछी अरु बैंकले पनि ब्याज बढाउने देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: