काठमाडौँ – बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा रकम २६ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्म लघुवित्तबाहेकका २८ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीसहित कुुल ८५ वटा संस्थाहरुले २६ खर्ब २१ अर्ब ३२ करोड ९१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका हुुन् । यो कर्जाको लागि कुुल १३ लाख तीन सय ४१ वटा कर्जा खाता प्रयोग भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले दुुई करोड ४३ लाख ५१ हजार चार सय ८५ वटा निक्षेप खातामार्फत २९ खर्ब ५२ अर्ब ५२ करोड ८२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसबीच वाणिज्य बैंकहरुले मात्र भने नौ लाख ८४ हजार दुुई सय ३० वटा खातामार्फत २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले कुल एक करोड ९८ लाख ७९ हजार आठ सय ६५ वटा निक्षेप खातामार्फत २५ खर्ब ६६ अर्ब ९७ करोड ८८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेकाछन् ।
विकास बैंकहरुले भने चालू आवको पछिल्लो चार महिनामा ३९ लाख ३० हजार आठ सय ८८ वटा निक्षेप खातामार्फत तीन खर्ब १९ अर्ब ५५ करोड १४ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन लाख १० हजार ६८ वटा कर्जा खातामार्फत दुुई खर्ब ८८ अर्ब १६ करोड ८७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह परिचालन गरेको छ । फाइनान्स कम्पनीहरुले पनि चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म पाँच लाख ४० हजार सात सय ३२ वटा निक्षेप खातामार्फत ६५ अर्ब ९९ करोड ७९ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुले ३९ हजार ४३ वटा कर्जा खातामार्फत ६० अर्ब आठ करोड ३२ लाख ८० हजार रुपैयाँ कर्जा प्र्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुुल कर्जा रकममध्ये झण्डै तीन खर्ब रुपैयाँ कर्जा घरजग्गा र सवारीसाधनमा प्रयोग भएको छ । चालू आवको कात्तिक मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले घरजग्गामा एक खर्ब ४८ अर्ब २२ करोड आठ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् भने सवारीसाधन खरिदमा एक खर्ब ७६ अर्ब ३२ करोड ५६ लाख २० हजार रुपैयाँ प्रवाह गरेकाछन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा एक खर्ब १९ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने सवारीसाधन खरिदमा एक खर्ब ४० अर्ब ५९ करोड ३८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । विकास बैंकहरुले भने यसअवधिमा घरजग्गा क्षेत्रमा २१ अर्ब ४१ करोड ६८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् भने सवारीसाधन खरिदमा २९ अर्ब ४८ करोड ८३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने चालू आवको कात्तिक मसान्तसम्म घरजग्गा क्षेत्रमा सात अर्ब आठ करोड ७७ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने सवारीसाधन खरिदमा छ अर्ब २४ करोड ३३ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।- आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्