- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- साना किसानहरुलाई खुसीको खबर छ । सोमबारको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । तथ्यांकअनुसार कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्णय सार्वजनिक गर्दै यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।