
काठमाडौं – चैतारी लघुवित्तको आइपीओ आज (शुक्रबार) १२ बजे बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार आइपिओ बाँडफाँट एनआइबीएल एसकै कार्यालयमा कार्यक्रम राखेको छ ।
चैतारीको आइपीओमा २ लाख ७३ हजार ५०० जना भन्दा बढीले आवेदन दिएका छन् । झण्डै १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ताका लागि आवेदन परेको छ । माग भन्दा ३०.४९ गुणा बढी आवेदन परेकाले यो आइपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । कुल ५६ हजार ७० जना सर्वसाधारण लगानीकर्ताले चौतारीको आइपीओ पाउनेछन् ।
चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्