Skip to content
LAXMI SUNRISE BANK

छोटेलालको ‘मनपरी’ फोरमलाई भयो घाँडो,भन्यो, ‘ब्रोकरलाई ‘चोर’ भन्नु ‘त्रुटी भयो…’ (बिज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 


काठमाडौँ- कहिले मार्जिन कल आएको विषयलाई लिएर बैंकलाई थर्काएको घटना त कहिले ब्रोकरलाई चोर भनेको घटना, पछिल्लो समय इन्भेष्टर्स फोरमभित्र नै टाउको दुखेको विषय बनेका छोटेलाल रौनियारका कारण इन्भेष्टर्स फोरम पुन: विवादित बन्नु परेको छ । ब्रोकरहरुलाई ‘चोर’ भनेको विषयलाई लिएर स्टक ब्रोकर एशोसिएसनले इन्भेष्टर्स फोरमलाई लिखित स्पष्टीकरण मागेको थियो ।
जवाफमा फोरमले आफ्ना उपाध्यक्षको बचाउ गर्दै सार्वजनिक ठाउँमा ब्रोकरहरुलाई ‘चोर’ भनिनुलाई माहौलवश हुन गएको त्रुटि जवाफ फर्काएको छ । ‘सो कार्यक्रममा चयन भएका शब्द नियोजित नभई उत्तेजित माहौलका कारण भएको अवगत गराउन चाहन्छौ ।’ जवाफमा भनिएको छ । फोरम 
यतिसम्म पानी माथिको ओभानो बन्न खोजेको छ कि छोटेलाल रौनियारको नाम समेत कतै पनि उल्लेख भएको छैन । गत मंसिर १० फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नेप्सेमा दर्शन र विरोधको क्रममा भाषण दिने क्रममा ब्रोकरहरु ‘चोर’ हुन भनेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK