- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । हाल चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ ।