×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आउँदै (कम्पनीको सूचनासहित )

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आउँदै (कम्पनीको सूचनासहित )

Artha Sarokar

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बसेको सञ्चालक समितिको १२४ औँ बैठकले आर्थिक वर्ष २०७४/०७५ को बोनस सेयरपछि कायम भएको चुक्ता पुँजीको ११ करोड ४१ लाख १४ हजारको १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद १:१ अनुपातमा जारी गर्न लागेको हो  । 
सिभिलले हकप्रद बिक्री गर्ने प्रस्ताव आगामी सातौं वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ । प्रस्तावित हकप्रदपछि कम्पनीले चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी