- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यसअघि सेयर बजार बलियो हुनुपर्छ भन्दै अनसनमा बसेर सबैलाई दबाब दिन सफल लगानीकर्ताहरु मिलेर सेयर लगानीकर्ताको नयाँ संगठन जन्माएका छन् । अनसनमा सहभागी युवा हरि ढकालको नेतृत्वमा ‘सेयर लगानीकर्ता दवाब समूह’ नामको संगठन स्थापना भएको हो । शुक्रबार भृकुटीमण्डपमा भएको भेलाले लगानी दवाब समूहको नाममा संगठन दर्ता गर्ने निर्णय गरेको हो ।
समितिको वरिष्ठ सल्लाहकारमा तिलक कोइराला चयन भएका छन् । यता समितिको वरिष्ठ सल्लाहकारमा तिलक कोइराला चयन भएका छन् भने सल्लाहकारहरुमा पूजा भट्टराई, ओम लामिछाने, निरञ्जन राजकर्णिकार र नवराज उप्रेती चयन भएका छन् । यो समूहले ६ महिनाभित्रमा साधारणसभा गरी निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्ने समेत बताएको छ । त्यो बेलासम्म लगानीकर्ताका हकहितमा काम गरिराख्नेसमेत उनीहरुको भनाइ छ।