काठमाडौं – बढ्दो जनसंख्या र अत्यधिक मात्रामा खानेपानीको मागको फाइदा उठाउँदै केही निजी पानी व्यवसायीहरुले आम उपभोक्ताको जनस्वास्थ्यमा प्रतिकूल असल पर्ने गरी गुणस्तरहीन पानीको उत्पादन गरेर बिक्रीवितरण गर्दैै आएको भेटिएको छ । जमिनमुनिको पानीलाई तानेर सिलबन्दी बोटलमा प्याक गरी अत्यधिक महंगोमा बिक्री हुँदै आएकामिनरलवाटरहरु पछिल्लो समयमा गुणस्तरहीन र अखाद्य वस्तु मिसिएको पानी बजारमा बिक्री हुँदै आएको पाइएको हो । सोही क्रममा ठूला घरानीया कम्पनीको नाममा नेपाली बजारमा बिक्री हुँदै आएको ‘आक्वा हन्ड्रेड’ नामको पानी गुणस्तरहीन र बन्द बोटलभित्र साङ्ला भेटिएको छ । एचसी दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको सो पानीमा साङ्ला र किराहरु भेटिएको हो । सो समूहले उत्पादन गरेको के ०१८ ब्याच नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी साङ्ला भेटिएको छ । सो कम्पनीले १४–११–२०१८ मा १४ बजेर ४१ मिनेटमा प्याक गरिएको बोटलमा साङ्ला भेटिएको हो । बजारमा खुद्रा पसलमा खरिद गरिएको सो पानीको बोटलभित्र साङ्ला भेटिएपछि पटक–पटक सो कम्पनीका आधिकारिक व्यक्तिसँग सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेन ।
नेपालको आफ्नो, नेपालमा बनेको भन्ने नारा लेखेर बजारमा पठाएको सो पानी आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपले उत्पादन गर्दै आएको छ । सहरी क्षेत्रमा अत्यधिक रूपमा देखिएको खानेपानीको मागलाई पूर्ति गर्ने उद्देश्यले नेपाल सरकारबाट स्वीकृति प्राप्त पानी कम्पनीहरुले दूषित पानीको बिक्री गरी मन्दविष नै बेचेको आरोप उपभोक्तावादीहरुको रहेको छ । सो समूहका कर्मचारी चन्द्रमणि घिमिरेले ‘कोही कसैले प्रश्न गर्दैमा उत्तर दिनुपर्छ भन्ने छैन, अहिले मेरो मिटिङ छ, फुर्सद छैन’ भन्दै फोनलाइन काटे । यसैसम्बन्धमा उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले कुनै पनि कम्पनीले उत्पादन गरेका र प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तुमा कैफियत भेटिएमा, गुणस्तरहीन भएमा र नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु भेटिएमा त्यस्ता कम्पनीको उत्पादनमा रोक लगाई थप अनुसन्धान गरी प्रमाणित भएमा कारबाही हुने बताए । महानिर्देशक गौचनले भने,‘यदि नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु र यहाँले देखाएको प्रमाणका अनुसार सो कम्पनीबाट पानीको प्याकिङ गर्नेक्रममा हेलचेक्र्याइँ गरेको देखियो, यस सम्बन्धमा सम्बन्धित सरकारी निकायसँग मिलेर अनुसन्धान गरिन्छ, सो बोटल नक्कली नभई सक्कली नै भएमा कानुनसम्मत कारबाही गर्नेछौँ ।’
महानिर्देशक गौचनका अनुसार यो मुद्दालाई खाद्य प्रविधि विभागले हेर्ने हो । हामीले पनि हेर्छौँ, प्रमाणित भए खाद्य ऐन २०७५ को दफा १८ ‘ग’ मा उल्लेख भएको उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुनेगरी काम गरे वा गराएमा कारबाही हुने जनाए । अधिकांश सरकारी कार्यालयदेखि प्रधानमन्त्री निवास बालुवाटारदेखि राजधानीको सर्वसाधारण जनतादेखि पाँचतारे होटलमा सो पानीको प्रयोग हुँदै आएको छ । सर्वसाधारण जनताहरूलगायत अत्यधिक विदेशीहरूको चाप रहने राजधानीमा अहिले खानेपानीको अभावलाई पूर्ति गर्ने बहानामा एचसी दुगड ग्रुपले मन्दविषनै बेचेको आरोप उपभोक्ताहरुको रहेको छ । अन्य मिनिरल वाटर उद्योगभन्दा अत्यधिक महंगो मूल्य राखेर बजार पठाएको आक्वा हन्ड्रेड नामको सो पानीका बोटल र जारको पानी गुणस्तरहीन रहेको आशंका विभागले समेत गरेको छ । पानीको लागि धनी देश भएपनि महंगो मूल्य तिरेर पानी खाने चलन वृद्धि हुँदै गएको मौका छोपी धनीहुने उपाय सो ग्रुपको रहेको छ । आम उपभोक्ताहरू पैसा तिरेर मिनरलवाटर किनेपछि स्वस्थकर नै होला भनी निर्धक्कसाथ पिए पनि सो पानीमा अखाद्य वस्तुको मिसावट र किरा रहेको पाइएको छ । सो ग्रुपले गुणस्तरको आश्वासन दिनको लागि भन्दै मासिक आधारमा उत्पादनहरू परीक्षण र तेस्रो पक्ष प्रयोगशालाद्वारा प्रमाणित गरेको प्रचार गरेपनि हालै उत्पादन गरेर बजार पठाएको पानीको जारभित्र साङ्ला भेटिएको बारे भने सो कम्पनी केही बोल्न चाहेको छैन । सो कम्पनीका कर्मचारी घिमिरेले भने,‘हाम्रो पानीमा कुनै खराबी छैन, गुणस्तर छ, नपत्याए हाम्रो फ्याक्ट्री घुम्नुहोला ।’ उनले १ लिटरको बोटलमा प्रष्टसँग देखिने साङ्लाको सम्बन्धमा चाहिँ के भन्नुहुन्छ भन्दा फोनलाइन काटेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेभने बोतलबन्द पानीमा खराबी भेटिएको प्रमाण भएपछि हदैसम्मको कारबाही हुने बताएको छ । पिउनको लागि सजिलो र स्वस्थकर भएको झूटो प्रचार गर्दै महंगोमा पानी बिक्री गर्ने सो समूहले सिलबन्द बोतलभित्र रहेको किराको सम्बन्धमा भने चुप बसेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र सो ग्रुपको फ्याक्ट्री स्थापना गरेर दैनिक हजारौ बोतल तथा जारहरू उत्पादन गर्दैै आएको कम्पनीबाट उत्पादन भएको उक्त मिनिरल वाटरको बोतलभित्र किरासहित भेटिएको छ । प्रशोधित पानीमा किरा भेटिने गरेपछि उपभोक्ताको ज्यानसँग खेलबाड गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने उपभोक्तावादीहरुको भनाइ छ । सरकारी निकायबाट अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड समेत पूरा नगरेको प्रतिवेदन खानेपानीमन्त्री बिना मगरसमक्ष समेत बुझाएको थियो । पानी उद्योगहरुले सफा नगरेको, बाहिरी आँखाले नै देख्न सकिने फोहोरसहितको पानी रहेकोे, जार र बोटलको पानी उत्पादन गर्नेले सामान्य सरसफाइमा समेत ध्यान नदिएको पाइएको छ ।
(यो समाचार आर्थिक दैनिकबाट साभार गरिएको हो । )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्