×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइले ‘गति छाडेपछि’ एभेरेष्टले पनि सिएलाई हेप्यो, जुनियर एसिसिष्टेन्टमा चार्टड एकाउन्टेन्टको माग !

PRIME CA

ग्लोबल आइएमइले ‘गति छाडेपछि’ एभेरेष्टले पनि सिएलाई हेप्यो, जुनियर एसिसिष्टेन्टमा चार्टड एकाउन्टेन्टको माग !

२ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एभेरेष्ट बैंक लिमिटेडले जुनियर एसिष्टेन्ट पदमा सिए मागेको छ । सोमबार एक भ्याकेन्सी नोटिस सार्वजनिक गर्दै बैंकले यस्तो तल्लो स्तरको पदमा सिएको माग गरेको हो । पछिल्लो समय चार्टड एकाउन्टेन्टको माग निकै तल्लो तहमा हुन थालेको भन्दै विभिन्न स्तरबाट विरोध भइरहेका बेला एभेरेष्ट बैंकले यसरी सिएलाई निकै गिराएर भ्याकेन्सी खुलाएको छ ।
यस विषयमा हामीले एभेरेष्ट बैंकमै कार्यरत एक सिएलाई सोधेका थियौं । ‘एभरेष्ट बैंकले सिएलाई जेए मात्र मागेको छैन, बीबीएस पास गरेको भएपनि हुने सिए भए पनि हुने भन्ने आशय देखाएर सिएहरुको बेइज्जत गरेको छ ।’ आफ्नो नाम नबताउने सर्तमा उनले भने, ‘मैले एचआरसंग पनि बुझेको हुँ, आइक्यानकै काउन्सिल मेम्बर डेपुटी सीइओ भएको बैंकले त एमटी माग्न थालिसक्यो, हामी त मिनिमम अदिट फीको केसमा आइक्यानसँग मुद्धा लडेको बैंक’ भन्ने जवाफ आयो । म आफैंलाइ पनि बेइज्जत महसुस भएको छ ।’
यसले ग्लोबल आइएमइ बैंकले सिएलाइ गरेको व्यवहारले बजारमा कुन हदसम्मको गलत प्रभाव परेको रहेछ भन्ने स्पष्ट देखिन्छ । यस विषयमा सिए सरोकारले पटक पटक कुरा उठाउँदा अधिकांस बैंकले भ्याकेन्सी सच्याएका थिए । तर ग्लोबल आइएमइ बैंकमा बैंकका डेपुटी सीइओ नै काउन्सिल सदस्य हुँदा पनि भ्याकेन्सी नसच्चिएपछी यसलाइ टेकेर अन्य बैंकले सिएको इज्जतमाथि नै धावा बोल्न थालेका छन् । यस विषयमा नियामक स्पष्टसँग नबोलेको खण्डमा बजारमा अझै भयावह स्थिति आउने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: