×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकले १७% नगद लाभांश पारित गर्न पुस २२ मा बोलायो एजिएम, कहिलेसम्म बन्ने सेयरधनी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलाश विकास बैंकले १७% नगद लाभांश पारित गर्न पुस २२ मा बोलायो एजिएम, कहिलेसम्म बन्ने सेयरधनी ?

२ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : कैलाश विकास बैंक
लाभांश : १७% नगद लाभांश
बुक क्लोज : शुक्रबार (पुस ६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंपुस ५ गते
विशेष साधारण सभा :पुस २२ गते 
विवरण :
कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्न अब ४ दिन मात्र समय बाँकी रहेको छ । कैलाशले लाभांश लगायतका महत्वपूर्ण प्रस्ताव पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि बैंकले शुक्रबार (पुस ६ गते) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुने अघिल्लो दिन सम्म कायम सेयर मात्र लाभांश पाउने छन् ।
साधारण सभाका प्रस्ताव :
१७% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा :  ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ०३ पैसा
प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ८७ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी