काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त शाखा बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालिका वडा नंं. ०१, स्थित भुरीगाउँमा शुक्रबार (मङ्सिर २१ गते) नयाँ शाखा स्थापना गरेको छ । बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँका समाज सेवी चन्द्र मणि पौडे्लले गर्नु भएको थियो ।
हाल सम्म यस वित्तीय संस्थाले १४ जिल्लामा जम्मा ११,७३४ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६४ करोड २७ लाख रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १६ करोड ६३ लाख बचत संकलन गरेको छ ।