×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा, कुल शाखा ७७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकी विकास बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा, कुल शाखा ७७ पुग्यो

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले उक्त शाखाको उद्घाटन गरे । 
बैंकका सञ्चालक कृष्ण बहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायण प्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । 
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी