- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्लोबल आइएमई बैंकले १६% बोनस सेयर लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६% बोनस दिने निर्णय गरेको हो । तर बोनसमा लाग्ने कर लगानीकर्ता आफैंले तिर्न जानुपर्नेछ ।
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
Add caption |