काठमाडौं – ग्लोबल आइएमई बैंकले ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. २, चमडामा १०५औँ, अजयमेरु गाउँपालिकाकै वडा नं. ६, देवलमा १०६औँ, बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ४, बसालीमा १०७औँ, दोगडाकेदार गाँउपालिकाकै वडा नं. २, काफलकोट बडीयामा १०८औँ, डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नं. ५, चौखुट्टेमा १०९औँ र पुर्वीचौकी गाँउपालिकाकै वडा नं. १, शान्तिनगरमा ११०औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यससँगै ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए र युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्