काठमाडौँ – ग्लोबल आइएमई बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका – ११, रामघाटमा १११औँ र बिहीबारदेखि बाँके जिल्लाको बैजनाथ गाँउपालिका – ४, बानियाभारमा ११२औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यि दुबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । सुर्खेतको रामघाटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको सुर्खेत शाखा र बाँकेको बानियाभारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कोहलपुर शाखाको मातहतमा रहने छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडीएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
बैंकले मंगलबारदेखि कीर्तिपुर नगरपालिका स्थित त्रिभुवन विश्वविद्मालयको परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु, काठमाडौँमा आफ्नो ७औँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खुमा रहेको आफ्नो नगद संकलन काउण्टरलाई स्तरोन्नती गरी एक्सटेन्सन काउण्टरमा रुपान्तरित गरेको हो । यस एक्सटेन्सन काउण्टर बैंकको कीर्तिपुर शाखाको मातहतमा रहने छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राही विद्मार्थीहरुले विभिन्न शुल्कहरु बुझाउन अझ सहज होस् र विद्मार्थीहरु तथा त्रिभुवन विश्वविद्मालयका कर्मचारीहरुको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्