
- दृष्टि साप्ताहिकबाट
काठमाडौं । मलेसियासँग श्रम सम्झौता भइसकेपछि तत्काल भिसा लागिसकेका १० हजार नेपाली युवाहरुलाई पठाउनेबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपेक्षाले कूटनीतिक बृत्तमै नेपालप्रति प्रश्न उठेको छ । सम्झौता गर्ने तर त्यसको पालना नगर्ने सन्देश गएको छ । मलेसिया सरकारले सम्झौतापछि पनि कामदार नपठाएपछि राजदूताबासमार्फत् परराष्ट्र मन्त्रालयमा पुनः ध्यान आकृष्ट गरेको छ । सम्झौता गरिसकेपछि पनि कामदार नपठाएपछि कूटनीतिक रुपमा नेपाललाई यसले दीर्घकालीन नोक्सान पार्ने देखिन्छ ।
नेपाल र मलेसियाबीच गएको कात्तिक १२ मा श्रम सम्झौता भएको थियो । सम्झौतामा भिसा लागिसकेका १० हजार नेपाली कामदार पुरानै प्रक्रिया अनुसार तत्कालैदेखि पठाउने उल्लेख छ । तर श्रममन्त्री बिष्टले सम्झौता पालना गरी कामदार पठाउन सुरु गर्नुको साटो एमओयुमा हस्ताक्षर गर्ने सहसचिव कृष्णप्रसाद ज्ञवालीलाई सरुवा गरे । सम्झौता पालनामा आलटाल गर्दै आए । सम्झौता भएको १ महिनासम्म पनि कामदार मलेसिया पठाउन आलटाल गरेपछि मन्त्रीमाथि मलेसियाको पासपोर्ट, भिसा, र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको ब्यापार आफ्ना निकटस्थ ब्यापारीहरुलाई दिने खेलमा लागेको आरोप लाग्न थालेको छ । सबैभन्दा पहिला नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मन्त्रीमाथि पूजा चन्द ठकुरी नामक महिलामार्फत् मन्त्री बिष्टले मलेसियाको ब्यापार हात पार्न लागेको प्राइम टेलिभिजनबाट आरोप लगाएका हुन् । उनीपछि विभिन्न नेताहरुले मलेसिया कामदार पठाउन बिलम्ब हुनुको कारण खोजी तत्काल समाधान खोज्न प्रधानमन्त्री केपी ओलीलाई नै आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मलेसियासँगको श्रम सम्झौतापछि पनि नियोजित रुपमा रोजगारका लागि कामदार मलेसिया पठाउने काम अझै अगाडि नबढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्–‘ श्रम सम्झौतापछि पनि कामदार मलेसिया पठाउन बिलम्ब हुनु बिभागीय मन्त्री तथा सरकारको कमजोरी पनि हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले निहीत स्वार्थका लागि सहमति गरेको १ महिना बितिसक्दा पनि कामदार मलेसिया नपठाएको कोइरालाको आसय छ ।
नेता कोइरालाको माग छ–‘श्रममन्त्रीले निहीत स्वार्थका लागि सम्झौताका बिरुद्ध गएर भेन्डर चेन्ज गरी आफूनिकटलाई दिन लागिपरेको समाचार सार्वजनिक भैरहेको सन्दर्भमा तत्कालै यसको छानबिन होस् र पुर्वसहमति अनुसार मलेसिया पठाउकने प्रक्रिया तत्कालै शुरू गरियोस् ।’ राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमा लेखेका छन्–मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए । तर समझदारीपछि अझै मलेसिया रोजगारीको अवसर नखोल्नु, बन्द रहनु कूटनीतिक कमजोरी देखिन्छ, यसबाट आशंका पैदा भएको छ । भेण्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया नखोलेको संचारमाध्यममा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गर्नुहुन्छ कि ?
बैदेशिक रोजगार ब्यवसायी संघले पनि तत्काल मलेसिया कामदार पठाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ । तर मलेसिया कामदार पठाउनतिर भन्दा मोरक्कोको भ्रमणतिर लागेका छन् । मन्त्री बिष्ट र सचिव महेश दाहाल मलेसियासँग भएको श्रम सम्झौता पालना गरी कमदार पठाउने बाटो खुल्ला गर्नुको साटो विदेशतिर जानुले झन् उनलाई भेन्डर चेन्ज गर्न लागेको आरोपको पुष्टी भएको छ ।
(यो समाचार दृष्टि साप्ताहिकबाट साभार गरिएको हो । )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्