
काठमाडौँ- सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधि तथा सञ्चारमन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले त्यसमा सम्झौता नगर्ने बताएका हुन् ।
सरकारका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको समाचार प्रकाशन भएपछि मन्त्री बास्कोटाले दोहोरो सुविधा लिएको र अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए कारवाही गरिने उनले बताए । उनले महंगी लगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारीक जानकारी लिन उहाँले पत्रकारहरुलाई आग्रह गरे । उनले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही बैकल्पिक व्यवस्थापनि हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न पनि आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा अर्थमन्त्री युवराज खतिवडा बाहेक २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराईएको समाचार सार्वजनिक भएपछि दोहोरो सुविधा लिएर मन्त्रीहरुले राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्