- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ५७ हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार ४ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार २ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय कायम गरेको छ ।