×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् गभर्नरको बाचा, ‘पूँजी बजारका सबै समस्याको सम्बोधन तत्काल हुन्छ, सेयर बजार बढ्छ…’

PRIME CA

भिडियोमा हेर्नुहोस् गभर्नरको बाचा, ‘पूँजी बजारका सबै समस्याको सम्बोधन तत्काल हुन्छ, सेयर बजार बढ्छ…’

११ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- नेपाल राष्ट्र बैकले पूँजी बजार र बैकहरुमा देखिएको समस्या समाधानको प्रकिया अगाडी बढाएको बताएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूँजी बजार र बैकहरुमा देखिएको समस्या समाधानको लागि बनेको कार्यदलबाट आएको सबै सुझाबहरुलाई कार्यान्वयन तहमा लैजाने तयारी भएको बताएका हुन् । गभर्नर नेपालले केन्द्रीय बैंकको पहलमा बैंकहरुले ब्याज दर घटाउन भद्र सहमति गरेको पनि बताए । उनले वित्तीय संस्थालाई नैतिक दबाब दिएर ब्याजदर नियन्त्रणमा लिएको बताए । समितिमा गभर्नर नेपालले शेयर बजारसँग सम्बन्धित निर्देशनहरु एक दुई दिनमै जारि गर्ने तयारी गरेको पनि बताए । उनले बैंकहरुलाई शेयर ब्रोकरको काम गर्न दिने ब्यवस्था चाँडै गरिने भन्दै बैंकको प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम ऋणपत्र बजारमा लैजाने ब्यवस्था मिलाउन लागेको समेत बताए ।
त्यस्तै, समितिमा अर्थ मन्त्रालय सचिव राजन खनालले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकिएको बताएका छन् । उनले सरकारको खर्च व्यवस्थापन, त्यसले बजारमा पारेको प्रभाव र पूँजी बजार बारे अध्ययन गर्न समिति बनाएको जानकारी दिँदै त्यसको सुझाब कार्यान्वयका लागि निर्देशन दिइएको बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरेको कार्यदलले गत बुधबार नै प्रतिवेदन बुझाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: