×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बुर्जुवा शिक्षा बहिष्कार गरौं’ भन्दै युद्ध लडेका जनार्दन शर्मा र देवेन्द्र पौडेलका छोरीहरु अमेरिकामा ‘ग्र्याजुएट’ !

PRIME CA

‘बुर्जुवा शिक्षा बहिष्कार गरौं’ भन्दै युद्ध लडेका जनार्दन शर्मा र देवेन्द्र पौडेलका छोरीहरु अमेरिकामा ‘ग्र्याजुएट’ !

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै समय थियो, ‘बुर्जुवा शिक्षा बहिष्कार गरौं’ भन्दै तत्कालीन नेकपा माओवादी युद्धमा थियो । नेपालमा जनवादी शिक्षा ल्याउने भाषण गर्थे तकालीन माओवादीका नेताहरु । तर अहिले समय फेरिएको छ । यिनकै छोरीहरु अहिले अमेरिकामा अध्ययन गरिरहेका छन् । यसो त उनीहरुका छोरीहरुले अमेरिकामा पढ्नै नहुने भन्ने होइन । तर के नेपालमा जनवादी शिक्षा स्थापना भयो त ? भन्ने गम्भीर प्रश्न उठेको छ । 
तत्कालीन माओवादी नेता जनार्दन शर्मा प्रभाकर र देवेन्द्र पौडेल यतिखेर अमेरिकामा छन् । नेता आफ्ना छोरीको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका पुगेका हुन् । पूर्व गृहमन्त्रीसमेत रहेका शक्तिबहादुर बस्नेतकी छोरी संगम भने अमेरिकामा उच्च अध्ययन गर्दैछिन् । उनकी श्रीमती सत्या पहाडी बेला बेलामा छोरी भेट्न अमेरिका पुगीरहन्छिन् । जनार्दन शर्माकी छोरी काव्यता गौतमले अमेरिकामा स्नातकोत्तर पूरा गरेकी छन् । देवेन्द्र पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा अमेरिका पुगेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: