
- रेखा चन्द / अर्थ सरोकार डटकम
 
काठमाडौँ – बीमा समितलले मिति २०७३/१२/१७ गते नै आर्थिक बर्ष २०७४-७५ को अषाढ मसान्तभित्र जीवन  बीमा कम्पनीको चुक्ता पूँजी २ अर्व र निर्जीवन कम्पनीको चुक्ता पूँजी १  अर्व पुर्याउने निर्णय गरेको थियो । तोकिएको उक्त समयसीमाभित्र सम्पूर्ण बीमा कम्पनीहरुले पूँजी पुर्याउन नसक्ने देखिएपछि पूँजीवृद्धिको लागि बीमा समितिले ६ महिनाको समय थप गरिदिएको थियो । यसअघि विभिन्न सार्वजनिक कार्यक्रममासमेत बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले ६ महिनापछि पनि चुक्ता पूँजी बढाउन नसक्नेलाई मर्जरमा लैजाने अभिव्यक्ति दिएका थिए । उनले अन्य फोरममा पनि यस्तै तयारी भइरहेको तथ्य सार्वजनिक गरेका थिए ।
अहिले नयाँ ९ तथा पुराना ९ गरी जम्मा १८ वटा कम्पनीले जीवन वीमा क्षेत्रमा काम गरिरेहका छन् । तीमध्ये नयाँ कम्पनिहरुको आइपीओ जारी गरेपश्चात २ चुक्ता पूँजी पुग्नेछ भने पूराना जीवन वीमा कम्पनीको पूँजीको अवस्था तल प्रस्तुत गरिएको छ । 
| 
 
क्र.स 
 | 
 
कम्पनी  
 | 
 
हाल 
कायमपूंजी  | 
 
थप 
गर्नु पर्ने पूँजी  | 
 
 %  
 | 
| 
 
१ 
 | 
 
नेपाल 
लाइफ इन्स्योरेन्स  | 
 
4,396,928,600.00 
 | 
 
छैन 
 | 
 
 –  
 | 
| 
 
२ 
 | 
 
नेसनल 
लाइफ इन्स्योरेन्स  | 
 
2,649,727,300.00 
 | 
 
छैन 
 | 
 
 –  
 | 
| 
 
३ 
 | 
 
प्राइम लाइफ इन्स्योरेन्स 
 | 
 
1,784,835,000.00 
 | 
 
215,165,000.00 
 | 
 
        12.06  
 | 
| 
 
४ 
 | 
 
लाइफ इन्स्योरेन्स 
कर्पोरेसन (नेपाल)  | 
 
1,334,677,500.00 
 | 
 
665,322,500.00 
 | 
 
        49.85  
 | 
| 
 
५ 
 | 
 
एसियन लाइफ इन्स्योरेन्स 
 | 
 
1,256,725,500.00 
 | 
 
743,274,500.00 
 | 
 
        59.14  
 | 
| 
 
६ 
 | 
 
सूर्या लाइफ इन्स्योरेन्स 
 | 
 
1,131,900,000.00 
 | 
 
868,100,000.00 
 | 
 
        76.69  
 | 
| 
 
७ 
 | 
 
गुराँस लाइफ इन्स्योरेन्स 
 | 
 
594,000,000.00 
 | 
 
1,406,000,000.00 
 | 
 
     236.70  
 | 
(नोट :मेटलाइफ र राष्ट्रिय वीमा सस्थानको विवरण संलग्न गरिएको छैन )
नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अहिले नै पूँजी पुर्याईसकेका छन् भने प्राइम लाइफ इन्स्योरेन्सको आर्थिक बर्ष २०७५-७६ को बोनसबाट पूँजी सहजै पुग्ने देखिन्छ । एसियन लाइफ इन्स्योरेन्सले ६०% हकप्रदको प्रक्रिया अगाडी बढाइसकेको छ भने सुर्य लाइफको पनि ७० % हकप्रद पनि अन्तिम चरणमा छ । इफइन्स्योरेन्स कर्पोरेसन (नेपाल) को  २०७३-७४को  ३६ % बोनस वीमा समितिको निर्देशनमा १२ % मा संसोधन गरेसँगै बोनसबाटै पूँजी पुर्याउन केहि कठिन हुने देखिन्छ ।
समकालीन कम्पनीवीमा समितिले दिएको अवधिमा २ अर्व पूँजी पुर्याउने योजना अनुरुप अघि बढी रहँदा गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले के गर्दैछ त ?
-२०७४ भाद्रमै ५०% हकप्रद जारीको लागि धितोपत्र बोर्ड पुगेको गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको त्यो हकप्रद कता हरायो केहि अत्तो-पत्तो नै छैन ।
– समकालीन सम्पूर्ण कम्पनीहरुको २०७३-७४ को बार्षिक साधारण सभा भइसकेको अवस्थामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७३-७४ को बार्षिक साधारण सभाको केहि अत्तो-पत्तो छैन ।
-यति मात्र होइन आर्थिक बर्ष २०७३-७४को आर्थिक विवरण पनि तयार नभएको जानकारी अर्थ सरोकारलाई विशेष स्रोतबाट प्राप्त भएको छ । 
माथिका तथ्यलाई मध्यनजर गर्दा २०७५ पौष मसान्तसम्म पूँजी पुर्याउने त कुरै छोडौं, पुर्याउने योजनासमेत नआउने देखिन्छ । बीमा समिति आफ्नो अगाडीको पूँजीवृद्धि धारणा अरुरूप अगाडी बढ्ने भए गुराँस लाइफ इन्स्योरेन्स कम्पनी फोर्स मर्जरको बाटोनै कुरेर बसेको जस्तो देखिन्छ । यसरी कुनै योजना नै नबनाई बस्दा यस कम्पनीप्रति बिश्वास गर्ने सम्पूर्ण लगानीकर्ताहरु फस्ने देखिन्छ ।





						







