काठमाडौं – सान्जेन जलविधुत जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि सेयर बिक्री गर्न सह–निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । विहीबार नागरिक लगानी कोषमा भएको यस सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि छुट्टयाइएको ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि छुट्टयाइएको ३६ लाख ५० हजार कित्ता गरी जम्मा ९१ लाख २५ हजार कित्ता सेयरमा सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । यसमा प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।
सम्झौता कार्यक्रममा नागरिक कोषका मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, का.मु व्यवस्थापक शोभा श्रेष्ठ, उपव्यवस्थापक सुमन पौडेल र पुँजी बजार शाखा प्रमुख रोशन जंग कार्की तथा सह–निष्कासन कम्पनी सनराइज क्यापिटलका तर्फबाट विजेन्द्र न्हुच्छे प्रधान एवं एनएमबि क्यापिटलबाट कमल प्रसाद नेपाल सहभागी रहेको नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । कम्पनीले निकट भविष्यमै आइपीओ बिक्री खुला गर्ने जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्