×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू आइएमई पे-वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू आइएमई पे-वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डु लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।
बैंक अफ काठमाण्डुले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने भएको हो ।
साथसाथै बैंक अफ काठमाण्डुका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नुहुनेछ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । बैंक अफ काठमाडौँ लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी